Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का


काठमाडौँ। उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोईरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गरेको बताएका छन् ।

विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विपीले नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गरेको परिणामतः अहिलेको व्यवस्था आएको बताए । उनले विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको बताए ।

मन्त्री खड्काले भने, ‘नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभयो । नेपाली जनतालाई रैतीबाट मालिक बनाउने अभियानमा जुट्नुभयो । उहाँको सिद्धान्त सहज छ । हामी अरु पार्टीका नेताहरुले प्रतिपादन गरेका सिद्धान्त होइन । विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त बडो सरल छ । जो कोहीले बुझ्न सकिन्छ । मानिसहरु समान अधिकार प्राप्त गर्न पाउनुपर्छ, त्यसको लडाईं थियो । मानिसहरु आर्थिक हिसावले पनि एउटा जीवन यापन गर्नसक्ने ठाउँमा पुर्याउनुपर्छ त्यो सरकारको दायित्व हो ।’

सांसद खड्काले देशलाई ऐक्यवद्धता गर्ने प्रयासमा नै आफ्नो जीवन गुमाउनुपरेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?