Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का


काठमाडौँ। उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोईरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गरेको बताएका छन् ।

विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विपीले नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गरेको परिणामतः अहिलेको व्यवस्था आएको बताए । उनले विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको बताए ।

मन्त्री खड्काले भने, ‘नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभयो । नेपाली जनतालाई रैतीबाट मालिक बनाउने अभियानमा जुट्नुभयो । उहाँको सिद्धान्त सहज छ । हामी अरु पार्टीका नेताहरुले प्रतिपादन गरेका सिद्धान्त होइन । विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त बडो सरल छ । जो कोहीले बुझ्न सकिन्छ । मानिसहरु समान अधिकार प्राप्त गर्न पाउनुपर्छ, त्यसको लडाईं थियो । मानिसहरु आर्थिक हिसावले पनि एउटा जीवन यापन गर्नसक्ने ठाउँमा पुर्याउनुपर्छ त्यो सरकारको दायित्व हो ।’

सांसद खड्काले देशलाई ऐक्यवद्धता गर्ने प्रयासमा नै आफ्नो जीवन गुमाउनुपरेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?