Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

जापानको सत्तारुढ गठबन्धनद्वारा माथिल्लो सदनमा बहुमत गुमाउने निश्चित


एजेन्सी। जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको गठबन्धनले माथिल्लो सभामा आफ्नो बहुमत गुमाउने निश्चित भएको रिपोर्ट गरेको छ । गठबन्धनले संसदको २ सय ४८ सिट भएको माथिल्लो सदनमा बहुमतका लागि आवश्यक १२५ सिटहरू आवश्यक पर्छ ।

काउन्सिलरहरूको सभा २४८ सदस्यहरू मिलेर बनेको छ । जसमा निश्चित ६ वर्षको कार्यकाल हुन्छ । प्रत्येक तीन वर्षमा चुनाव हुन्छ । जसमा आधा सिट प्रत्येक पटक चुनावको लागि हुन्छ । आईतवारको मतदानमा रिक्त स्थान भर्नको लागि कुल १२५ सिटहरू जित्ने अपेक्षा गरिएको थियो । यसैबीच, मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी अफ जापानले आफ्नो सिट गणना विस्तार गर्ने अपेक्षा गरिएको छ । जबकि डेमोक्रेटिक पार्टी फर द पिपुल र सान्सेइटोले उल्लेखनीय लाभ उठाउने देखिन्छ ।

पराजयको बाबजुद पनि शिगेरु इशिबाले जापानको प्रधानमन्त्रीको रूपमा रहिरहने आफ्नो मनशाय व्यक्त गरेका छन् । अक्टोबर २०२४ को आम चुनावमा, सत्तारुढ गठबन्धनले पहिले नै शक्तिशाली प्रतिनिधि सभा वा तल्लो सदनमा आफ्नो बहुमत गुमाएको थियो । जसले गर्दा इशिबा तीन दशकभन्दा बढी समयपछि जापानको पहिलो अल्पसंख्यक सरकार गठन गर्न बाध्य भएका थिए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?