Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जापानको सत्तारुढ गठबन्धनद्वारा माथिल्लो सदनमा बहुमत गुमाउने निश्चित


एजेन्सी। जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको गठबन्धनले माथिल्लो सभामा आफ्नो बहुमत गुमाउने निश्चित भएको रिपोर्ट गरेको छ । गठबन्धनले संसदको २ सय ४८ सिट भएको माथिल्लो सदनमा बहुमतका लागि आवश्यक १२५ सिटहरू आवश्यक पर्छ ।

काउन्सिलरहरूको सभा २४८ सदस्यहरू मिलेर बनेको छ । जसमा निश्चित ६ वर्षको कार्यकाल हुन्छ । प्रत्येक तीन वर्षमा चुनाव हुन्छ । जसमा आधा सिट प्रत्येक पटक चुनावको लागि हुन्छ । आईतवारको मतदानमा रिक्त स्थान भर्नको लागि कुल १२५ सिटहरू जित्ने अपेक्षा गरिएको थियो । यसैबीच, मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी अफ जापानले आफ्नो सिट गणना विस्तार गर्ने अपेक्षा गरिएको छ । जबकि डेमोक्रेटिक पार्टी फर द पिपुल र सान्सेइटोले उल्लेखनीय लाभ उठाउने देखिन्छ ।

पराजयको बाबजुद पनि शिगेरु इशिबाले जापानको प्रधानमन्त्रीको रूपमा रहिरहने आफ्नो मनशाय व्यक्त गरेका छन् । अक्टोबर २०२४ को आम चुनावमा, सत्तारुढ गठबन्धनले पहिले नै शक्तिशाली प्रतिनिधि सभा वा तल्लो सदनमा आफ्नो बहुमत गुमाएको थियो । जसले गर्दा इशिबा तीन दशकभन्दा बढी समयपछि जापानको पहिलो अल्पसंख्यक सरकार गठन गर्न बाध्य भएका थिए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?