Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहबादुर देउवाले देशको अहिलेको राजनीति विपी कोईरालाले अपनाउनुभएको राजनीतिको जगमा उभिएको बताएका छन् ।

मंंगलवार ४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले विपी कोईरालाको संघर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताएका हुन् । पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर संघर्ष गरिरहेका विपी राष्ट्रियता कमजोर भयो भनेर स्वेदश फर्कनु चानचुने कुरा नभएको उल्लेख गरे । देउवाले आफूहरू राजनीतिका कठीन दिन भोगेर र संसर्घ गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन काँग्रेस बलियो बन्नुपर्ने धारणा राखे । बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनको भनाई थियो ।

उनले भने, ‘भारत प्रवासमा रहेर तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको महशुस गरेर नेपाल फर्कनुभयो । त्यतिबेला विपी कोइरालाविरुद्ध पञ्चायती सरकारले ८ वटा ज्यान मुृद्दा लगाएको थियो । मृत्युदण्डसमेत पाउनसक्ने ती संघिन आरोपका समेत प्रवाह नगरी ज्यानको बाजी लगाएर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । वास्तवमा आजको मुलुकको राजनीति पनि उहाँले अपनाएको नीतिको जगमा उभिएको छ । राजनीति अहिलेको जस्तो सहज थिएन । हामी सबैले राजनीतिका कठिन दिन भोगेर यहाँ आएका हौँ । जीवनभर देश र जनताकै लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रकै पक्षमा विपी भिर्भिक रुपमा उभिनुभयो । वास्तवमा अहिले बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूको बीचको मेलमिलापले नै राष्ट्र स्वाधिन हुन्छ । साथै, समृद्धि पनि हासिल हुन्छ भन्ने उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठूलो कुरा भएको विपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताए । कोईराला राजनीतिज्ञ मात्रै नभइ साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको बताएक छन् । उनले प्र्रजातान्त्रिक समाजवादको चिन्तक रहेका विपी कोईरालाको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभइ आधुनिक नेपालका समेत निर्माता भएको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?