Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहबादुर देउवाले देशको अहिलेको राजनीति विपी कोईरालाले अपनाउनुभएको राजनीतिको जगमा उभिएको बताएका छन् ।

मंंगलवार ४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले विपी कोईरालाको संघर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताएका हुन् । पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर संघर्ष गरिरहेका विपी राष्ट्रियता कमजोर भयो भनेर स्वेदश फर्कनु चानचुने कुरा नभएको उल्लेख गरे । देउवाले आफूहरू राजनीतिका कठीन दिन भोगेर र संसर्घ गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन काँग्रेस बलियो बन्नुपर्ने धारणा राखे । बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनको भनाई थियो ।

उनले भने, ‘भारत प्रवासमा रहेर तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको महशुस गरेर नेपाल फर्कनुभयो । त्यतिबेला विपी कोइरालाविरुद्ध पञ्चायती सरकारले ८ वटा ज्यान मुृद्दा लगाएको थियो । मृत्युदण्डसमेत पाउनसक्ने ती संघिन आरोपका समेत प्रवाह नगरी ज्यानको बाजी लगाएर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । वास्तवमा आजको मुलुकको राजनीति पनि उहाँले अपनाएको नीतिको जगमा उभिएको छ । राजनीति अहिलेको जस्तो सहज थिएन । हामी सबैले राजनीतिका कठिन दिन भोगेर यहाँ आएका हौँ । जीवनभर देश र जनताकै लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रकै पक्षमा विपी भिर्भिक रुपमा उभिनुभयो । वास्तवमा अहिले बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूको बीचको मेलमिलापले नै राष्ट्र स्वाधिन हुन्छ । साथै, समृद्धि पनि हासिल हुन्छ भन्ने उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठूलो कुरा भएको विपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताए । कोईराला राजनीतिज्ञ मात्रै नभइ साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको बताएक छन् । उनले प्र्रजातान्त्रिक समाजवादको चिन्तक रहेका विपी कोईरालाको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभइ आधुनिक नेपालका समेत निर्माता भएको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?