Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

विपीलाई बुझेको भए नेपालको राजसंस्था नागार्जुनको जंगलमा पुग्ने थिएनः विश्वप्रकाश शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोईरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् ।

४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा मंगलवार विपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन् । उनले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने विपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए । त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त भएको उनको दाबी थियो । उनले विपी कोईरालालाई बुझ्ने सवालमा नेपालमा धेरै ने कमजोरी भएको उल्लेख गरे ।

महामन्त्री शर्माले भने, ‘विपी कोईरालालाई सही मानेमा जति चाँडो जति सही मानेमा बुझ्न सकिन्छ, त्यति चाँडो देशको उन्नतीलाई सहज बनाउन सकिन्छ । विपी कोईरालालाई बुझ्ने सवालमा, विपी कोइरालालाई चिन्ने सवालमा, विपी कोईरालालाई आत्मसात गर्ने सवालमा नेपालको भिन्न भिन्न शक्तिहरूबाट कमजोरी भएको छ । हामीबाट भएको एउटा कमजोरी छ, नेपालको कम्युनिष्ट आन्दोलनले विपी कोईरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ । राजसंस्थाले, राजाहरूले गर्ने कमजोरीको अर्को पाटो छ ।’

नेपाली काँग्रेसले पनि विपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी र राजसंस्थाबाट पनि विपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाई छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?