Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

विपीलाई बुझेको भए नेपालको राजसंस्था नागार्जुनको जंगलमा पुग्ने थिएनः विश्वप्रकाश शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोईरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् ।

४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा मंगलवार विपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन् । उनले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने विपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए । त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त भएको उनको दाबी थियो । उनले विपी कोईरालालाई बुझ्ने सवालमा नेपालमा धेरै ने कमजोरी भएको उल्लेख गरे ।

महामन्त्री शर्माले भने, ‘विपी कोईरालालाई सही मानेमा जति चाँडो जति सही मानेमा बुझ्न सकिन्छ, त्यति चाँडो देशको उन्नतीलाई सहज बनाउन सकिन्छ । विपी कोईरालालाई बुझ्ने सवालमा, विपी कोइरालालाई चिन्ने सवालमा, विपी कोईरालालाई आत्मसात गर्ने सवालमा नेपालको भिन्न भिन्न शक्तिहरूबाट कमजोरी भएको छ । हामीबाट भएको एउटा कमजोरी छ, नेपालको कम्युनिष्ट आन्दोलनले विपी कोईरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ । राजसंस्थाले, राजाहरूले गर्ने कमजोरीको अर्को पाटो छ ।’

नेपाली काँग्रेसले पनि विपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी र राजसंस्थाबाट पनि विपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाई छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?