Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी


वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । उक्त सामुदायिक वन उपभोक्ता समूहको शुक्रबार सम्पन्न २३ औँ वार्षिक साधारणसभामार्फत संस्थाका अध्यक्ष अमरबहादुर कार्कीले यसका लागि गुरुयोजना निर्माण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा सामुदायिक वनले सहिद पार्कमा गुरुयोजनाअनुसार झरना, मचान, ट्रि हाउसलगायतका संरचना निर्माण गर्नेछ । यसले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढाउनेछ ।” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक वनको हाताभित्र रहेको प्रादेशिक सहिद पार्क प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य गराउनुपर्ने सुझाव दिनुभयो । उहाँले सहिद पार्कभित्र गुरुयोजना विपरितका कुनै पनि काम नगर्न आग्रह गर्दै त्यसको पुनरावलोकन गरी सोहीअनुसार संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । पार्कभित्र पुराना नमूना घर, कोल, ढिकी जाँतोजस्ता पम्परागत संरचनाहरु निर्माण गर्न सकिए त्यसले पर्यटकलाई थप आकर्षित गर्ने उपप्रमुख खनालको भनाइ थियो ।

वीरेन्द्रनगरका पूर्वप्रमुख देवकुमार सुवेदीले उक्त सामुदायिक वन अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सल्लाह दिनुभयो । वीरेन्द्रनगरको पानीको मुहान मानिने उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गर्ने योजना ल्याउन वन समूहलाई आग्रह गर्दै उहाँले पार्कलाई सफा र स्वच्छ राख्ने संरचना निर्माण गर्न निर्देशन दिनुभयो ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?