Trending
>>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन >>   काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा >>   स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलेको एक वर्षः शुरु भयो नागरिक आरोग्य कार्यक्रम
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

रगत खोज्न ‘केएसडी ब्लड एप’


के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ । रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ । कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वयंसेवक दलले सञ्चालनमा ल्याएको सो एप शनिबारदेखि पूर्णरूपमा अद्यावधिक भएको बताउनुभयो ।

उहाँले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतमा इन्टरनेटको सुविधा जोडिएसँगै ब्लड एपले पूर्णरूपमा अद्यावधिक हुने भएको जनाउनुभयो । “हामीले सुर्खेत जिल्लाका बिरामीका लागि चाहिने रगत पाउन सहज होस् भनेर एपको निर्माण र सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर पूर्णरूपमा अद्यावधिक हुन नसकिरहेको अवस्थामा ब्लड बैंकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो ।” हाम्रो साझेदार संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतसँग समन्वयमा वल्र्ड लिङ्कले सहुलियतमा इन्टरनेट जडान गरिदिएपछि सहज भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एपमार्फत छिटोछरितो तरिकाबाट रक्तदाताहरूको डाटा खोज्न सहज हुने बताउनुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तवरबाट रक्तदाताहरूसँग सम्पर्क गर्न सकिने बताउनुभयो ।


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?