Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

प्रहरी र लक्ष्मी बैंकबीच छात्रवृत्ति कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर


११ वैशाख ,काठमाडौँ । नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच आज ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले समझदारीपत्र आदानप्रदानसमेत गरे ।

समझदारीपत्रमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैंकका तर्फबाट बैंकका प्रमुख रिटेल फाइनान्स सर्भिस विभागका दीपेश अमात्यले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्यसम्पादनमा सकारात्मक सुधार ल्याउनाका साथै प्रहरीले प्रवाह गर्ने सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

आगामी दिनमा समेत नेपाल प्रहरी र लक्ष्मी बैंकबीच आपसी सहयोग आदानप्रदान हुने अपेक्षा उनले व्यक्त गरे । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्ति सुरक्षामा गरेको योगदानको प्रशंसा गर्दै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताए।

उक्त कोषबाट नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, पूर्व एवम् अवकाश प्राप्त, अमर/शहीद एवम् अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्मचारीका सन्ततिहरूमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने कम्तीमा दुईजना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेसनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत सहयोग उपलब्ध हुनेछ ।

छात्रवृत्ति प्रदानका लागि लक्ष्मी बैंकले प्रहरी कल्याण कोषका नाममा ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’को स्थापनाबापत प्रत्येक वर्ष रु पाँच लाखका दरले कोषमा जम्मा रु २५ लाख उपलब्ध गराउनेछ । शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने जनाइएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?