Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सुर्खेतमा दुई यातायात प्रालिबीच समायोजन


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालिबीच समायोजन भएको हो ।

बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङले आफ्नो संस्थामा रहेका एक सय ४४ सवारीलाई शुक्रबार एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रालिमा समायोजन भएको बताउनुभयो । “हामी यही माघ १ गतेबाट संयुक्तरुपमा यातायात सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो । त्यसैगरी, पब्लिक हिमाल यातायात प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले यातायातको क्षेत्रमा आएको धेरै फुट र विभाजनको अवस्थाले सवारीधनी धराशायी हुन पुगेकाले समायोजन हुनुपरेको बताउनुभयो । “

यसले सवारी धनीलाई धेरै राहत हुनेमा विश्वास रहेको उहाँको भनाइ थियो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?