Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन


९ वैशाख ,कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइमा महिलाईलाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ ।

निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ । बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि शुक्रबारदेखि नै परिचालन भएको छ।

“शुक्रबारनै बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास गर्यौँ, राति भइसकेकाले डार्टन गर्न सकिएन”, सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले भन्नुभयो, “अग्लो घाँस हुँदा बाघलाई नियन्त्रमा लिन गाह्रो भएको छ”, दुई दुई मिटरको दूरीमा घेरा हालेर बाघलाई नियन्त्रणमा लिने प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए ।

उनका अनुसार बाघ अहिले पनि सोही क्षेत्रमा देखिए पनि बेपत्ता महिला भने फेला पर्न सकेकि छैनन् । बाघ नियन्त्रण गर्नका लागि पुनः टोली केही छिनमै परिचालन हुन लागेको प्रमुख यादवले जानकारी गराए ।

शुक्रबार बिहान ९ बजे खेतमा घाँस काटदै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गङ्गादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो । बाघले महिलालाई आक्रमण गरी लगेपछि खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाले खोजीको तीव्र बनाए पनि महिलालाई अझै पनि फेला पार्न सकेका छैनन् ।

भारतीय दुधुवा नेशनल पार्कबाट बाघ नेपाली बस्तीमा पसेको बताइएको छ । सीमा क्षेत्रमा दिउँसै ओहरदोहर गर्दै आएको बाघले महिलालाई आक्रमण गरी बेपत्ता बनाए पछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?