Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने


काठमाडौं ।प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रवार (आज) देखि जनकपुरधाममा शुरु हुँदैछ ।

विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रधानाध्यापक संघ नेपाल मधेसका अध्यक्ष सञ्जय झाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय नेतृत्व, स्थानीय सरकार, शिक्षक, अभिभावक र नीति निर्माताबीच सहकार्य बढाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताएका छन् ।

उनकाअनुसार सम्मेलनबाट विद्यालय शिक्षाको सुधारका लागि साझा प्रतिबद्धता र आगामी कार्यदिशा तय गरिनेछ । उनले प्रधानाध्यापक संघ राजनीतिक संगठन नभएकाले अधिकारका विषयभन्दा सामुदायिक हित र विद्यालय शिक्षाको सुधारका विषयमा सम्मेलनमा केन्द्रित रहेर छलफल गरिने स्पष्ट पारेका छन् ।

सम्मेलनका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकारको कार्यान्वयनलगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने आयोजकले जनाएको छ । त्यस्तै, सम्मेलनबाट संघको बहुवर्षीय रणनीतिक योजनासमेत सार्वजनिक गरिनेछ ।


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?