Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ


रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको सार्वजनिक घोषणा गरेका छन् । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने आफूलाई यस्तो कुनै सम्झौताको जानकारी नभएको बताउँदै आश्चर्य व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत आईतवार दुवै पक्ष ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका छन् । ट्रम्पको यो दाबी सार्वजनिक भएलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समाचार संस्था ‘एक्सिओस’ सँग कुरा गर्दै यो विषय आफ्नो लागि नयाँ भएको बताएका छन् । यद्यपि उनले यदि रुस साँच्चै नै ऊर्जा युद्धविरामका लागि तयार छ भने युक्रेन पनि सो प्रस्ताव स्वीकार गर्न तयार रहेको संकेत दिएका छन् ।

यसअघि शनिवार राष्ट्रपति ट्रम्पले रुस युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार रहेको तर जेलेन्स्की आफैं वार्ताबाट पन्छिरहेको आरोप लगाएका थिए । उनले युक्रेनमा नयाँ निर्वाचन हुनुपर्ने र नयाँ नेतृत्वले मस्कोसँग सम्झौता गर्नुपर्ने धारणा राखेका थिए ।

यसैबीच, शुक्रवार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी र विश्व बजारमा डिजेल आपूर्ति गर्ने एक विशाल सम्झौता भएको घोषणा गरेका थिए । उनले यसका लागि पुटिनलाई धन्यवाद समेत दिएका छन् । अर्कोतर्फ, क्रेमलिनले युक्रेनी ड्रोन आक्रमणका कारण शान्ति वार्ताको सम्भावना तत्कालका लागि टरेको बताएको छ । युद्धग्रस्त क्षेत्रमा कूटनीतिक पहलहरू तिब्र भइरहँदा ट्रम्पको पछिल्लो दाबीले अन्तर्राष्ट्रिय वृत्तमा थप अन्योल सिर्जना गरेको छ ।


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?