काठमाडौँ।नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलवार राष्ट्रिय सभा गृहमा सभापति थापाले पार्टीको सभापति पदका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । साँझ ६ बजेर ५ मिनेटमा उनले सभापतिका लागि मनोनयन दर्ता गराएका थिए ।
यसअघि, निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय बेलुकी ६ बजेसम्मका लागि तोकेको थियो । तर काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको अविरल वर्षा र त्यसले आवागमनमा पारेको असरका कारण केही आकांक्षीहरू समयमै पुग्न नसक्ने अवस्था देखिएपछि समितिले उक्त समयसीमा एक घण्टा थपेर बेलुकी ७ बजेसम्म पुर्याएको थियो ।
सभापति पदका लागि थापाको उम्मेदवारी दर्तासँगै कांग्रेसको आन्तरिक चुनावी प्रतिष्पर्धा थप रोचक मोडमा पुगेको छ । सभापति थापालाई किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले चुनौति दिएका छन् ।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार