Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

बलात्कारपछि हत्याः विद्यमान कानून संशोधन गर्न शाहीको आग्रह


बलात्कारपछि हत्याः विद्यमान कानून संशोधन गर्न शाहीको आग्रह

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग समेत गरेका छन् । नेता शाहीले सत्तापक्ष र प्रतिपक्ष नभनि उक्त कानून संशोधन गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । फरक प्रसंगमा बोल्दै नेता विदेशी स्याउको आयातले गर्दा स्वदेशी स्याउले बजार पाउन नसकेको बताए । उनले भदौ र असोजभरी विदेशबाट स्याउ आयात हुन नदिन कृषिमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

उनले भने, ‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानून छ यसलाई संशोधन गर्नुपर्ने देखियो । हामी सरकारलाई अपिल गर्न चाहान्छौँ, कानूनको ड्राफ्ट बनाएर ल्याउनुहोस् । हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसदबाट पास गरौँ । यस विषयमा अब बोल्नुभन्दा पनि सरकारले मस्यौदा लिएर आओस् ।’

नेता शाहीले जुम्लामा स्याउ उत्पादन गर्न सरकारले लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?