Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने


आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने

काठमाडौँ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिले मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्नेकुरामा आफूहरु सचेत हुनुपर्ने बताएका छन् ।

आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो क्रियाकलापका कारण मुलुकको लोकतन्त्र कमजोर हुन नदिन अत्यन्त जिम्मेवार बन्न आम नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले आज विभिन्न संस्थाहरु डराएको उल्लेख गर्दै संस्थाहरु भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताएका छन् । सभापति लामिछानेले लोकतन्त्र एकैपटक ध्वस्त हुने सानो घर नभएको समेत टिप्पणी गरेका छन् । शहीदहरूको बलिदान र राजनीतिक दलहरूको संघर्षबाट प्राप्त लोकतन्त्र निकै बलियो रहेको समेत बताएका छन् ।

उनले भने, ‘जानेर वा नजानेर हामीले गरेका क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस् । यो हाम्रो पहिलो जिम्मेवारी हो । आज विभिन्न संस्थाहरु डराएका छन् । संस्थाहरु भत्किए भने लोकतन्त्र भत्किन्छ । एकैपटक गल्र्यामगुर्लुम जाने घर होइन लोकतन्त्र । हिजोका शहीदहरुले बलिदानी दिएका छन् । राजनीतिक दलहरुले जेलनेल भोगेर बलियो बनाएका छन् । बेल्कुल बलियो छ लोकतन्त्र । यो कमजोर छैन । कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो । उनीहरुले भन्नसक्छन् हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरुलाई दिएका थियौँ । सुशासनको कु्रामा पो हामी चुकेका थियौँ, राजनीतिक कुरामा त हामी बलियो थियौँ, किन कमजोर बनायौ लोकतन्त्र ? भनेर सोधे भने हामीसँग जवाफ हुने छैन । हामी त्यो मोडमा जानेवाला छैनौँ । हामी हाम्रो इतिहास त्यसरीप् लेख्ने पुस्ता होइनौँ । त्यसकारण हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ ।’

उनले पुराना राजनीतिक दलहरुले लोकतन्त्रलाई मजबुत बनाएर आफूहरुलाई जिम्मा लगाएको भन्दै लोकतन्त्र कमजोर बनाएको इतिहास लेखाउने मार्गमा नजान जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?