Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सर्लाहीका दुई पालिकाका साढे छ सय अति विपन्नलाई खाद्यान्न सहयोग


३० चैत्र ,सर्लाही । हरिपुर र ईश्वरपुरका करिब साढे छ सय अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ ।

हरिपुर नगरपालिका–३, ५ र ६ का तीन सय ८८ र ईश्वरपुर नगरपालिका–१ र ३ का दुई सय ५८ गरी छ सय ४६ अति विपन्न परिवालाई बागमती सेवा समाज हरिवनले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

समाजले इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । अति विपन्न, दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको समाज हरिवनका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीपछि बेरोजगार बनेका र घरव्यवहार चलाउन निकै समस्या रहेका अति विपन्न परिवारको पहिचान गरी सम्बन्धित वडा कार्यालयले उपलब्ध गराएको नामावलीअनुसार खाद्यान्न वितरण गरिएको हो ।

प्रतिपरिवार रु पाँच हजार छ सय २५ बराबरको खाद्यान्न तीन दिनभित्र वितरण गरिसक्ने गरी वितरण सुरु गरिएको समाजका कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिए। उनका अनुसार चामल, दाल, तेल, चिनी, नुन, चना, मसला, चियापत्तीलगायत वितरण गरिएको हो ।

आफूहरु कोरोना महामारीपछि बेरोजगार भएको र अहिले देशको खस्कँदो अर्थतन्त्रका कारण मारमा परेको समयमा सहयोगी दाताले खाद्यान्न सहयोग गरेर ठूलो राहत मिलेको हरिपुरका स्थानीय इस्मुलानीसाले बताए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?