Trending
>>   एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार >>   जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री >>   उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा >>   उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल >>   घानामा आम चुनाव अघि विशेष मतदान >>   सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री >>   टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ >>   दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा >>   टर्कीको वार्षिक मुद्रास्फीति नोभेम्बरमा ४७.०९ प्रतिशतमा घट्यो >>   आज मिति २०८१ साल मङ्सिर १९ गते बुधबार,हेर्नुहोस आजको राशिफल
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलवार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आउँदो आर्थिक वर्षको बजेटमा यस शिर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरुसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री प्रदान गरिने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताएका छन् । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हालसम्म प्राप्त भएका उपलब्धीहरुको संरक्षण गरी थप उपलब्धी प्राप्त गर्ने दिशामा अपाङ्गता भएका व्यक्तिहरु सक्रिय यस क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ संस्था सबैको तर्फबाट सहयोग हुने अपेक्षा लिएको छु । हालसम्म प्राप्त उपलब्धी हासिल गर्न योगदान गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै थप योगदानको लागि अनुरोध समेत गर्दछु । यस महान दिवसको अवसरमा अपाङ्गता अधिकारप्रति सबैको सकारात्मक धारणा विकास हुन सकोस् । सबैलाई सम्मानपूर्ण जीवनयापनको संवैधानीक सुनिश्चित गर्न आजको दिनले हामी सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्न चाहन्छु । अपाङ्गता भएका नागरिकको क्षेत्रमा हामी केही गरेर देखाउन चाहन्छौं । त्यसैले यस्ता खाले कार्यक्रमहरु काठमाडौंमा मात्र नभई सात वटै प्रदेश र ७७ वटै जिल्लामा गर्नुपर्दछ । आज हामीले सांकेतिक रुपमा एउटा सहायता सामग्रि प्रदान गरेका छौं । ७७ वटै जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयता सामग्री वितरण गर्नेछौं । अपाङ्गता भएका व्यक्तिहरुका आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराउँछौं । यसको लागि आउँदो आर्थिक वर्षको बजेटमा समावेश गरेर र सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरेर सहायता सामग्रिको व्यवस्था गर्छौं । मैले मन्त्रीको रुपमा कार्यभार सम्हालेपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि कसरि सहयोग जुटाउन सकिन्छ भनेर लागिपरेको छु ।’

उनले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनरे सम्झौता गरेपनि बजेट नछुट्याएको बताए । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रवन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता प्रदान गर्ने उनको प्रतिवद्धता छ ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?