Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान सञ्चालन


त्रिवेणी,रुकुमपश्चिम। रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको छ भने बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा यही फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने उनले बताएका छन् ।

उक्त जिल्लाका चार वटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ भने खोप १२ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने छ । यसका साथै पहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेका व्यक्तिले पनि खोप लगाउन पाउने छन् ।

कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ भने आजदेखि सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य स्वयम् सेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको जनाएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?