Trending
>>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल >>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला >>   प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान सञ्चालन


त्रिवेणी,रुकुमपश्चिम। रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको छ भने बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा यही फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने उनले बताएका छन् ।

उक्त जिल्लाका चार वटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ भने खोप १२ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने छ । यसका साथै पहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेका व्यक्तिले पनि खोप लगाउन पाउने छन् ।

कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ भने आजदेखि सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य स्वयम् सेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको जनाएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?