Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन


रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेबाट प्रश्तावित यी दुवै एजेण्डाहरू केन्द्रिय समितिबाट पारित भएका प्रवक्ता मनिष झाले बताउनु भयो । केन्द्रिय समितिको बैठकपछि बसेको केन्द्रिय समिति तथा संसदीय दलको संयुक्त बैठकले ती निर्णयहरूलाई औपचारिकता दिएको हो । रास्वपाले आगामी सरकार गठनको प्रक्रियामा पनि आफ्नो स्पष्ट अडान सार्वजनिक गरेको छ । सभापति लामिछानेले वरिष्ठ नेता तथा नवनिर्वाचित संसदीय दलका नेता बालेन्द्र साहलाई पार्टीको तर्फबाट आगामी सरकारको प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रश्ताव गर्नुभएको छ । यो प्रश्ताव पनि बैठकबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता झाले जानकारी दिनुभयो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेबाट प्रश्तावित यी दुवै एजेण्डाहरू केन्द्रिय समितिबाट पारित भएका प्रवक्ता मनिष झाले बताएका छन् । केन्द्रिय समितिको बैठकपछि बसेको केन्द्रिय समिति तथा संसदीय दलको संयुक्त बैठकले ती निर्णयहरूलाई औपचारिकता दिएको हो । रास्वपाले आगामी सरकार गठनको प्रक्रियामा पनि आफ्नो स्पष्ट अडान सार्वजनिक गरेको छ ।

सभापति लामिछानेले वरिष्ठ नेता तथा नवनिर्वाचित संसदीय दलका नेता बालेन्द्र साहलाई पार्टीको तर्फबाट आगामी सरकारको प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रश्ताव गर्नुभएको छ । यो प्रश्ताव पनि बैठकबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता झाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?