Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली


२९ चैत ,दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन्‌।

गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिए ।

उनले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गरे । दक्षिण एशियाली किसान सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली आज भद्रपुर विमानस्थल हुँदै झापा आएका हुन्‌ ।

ओलीले बिहीबार पार्टी निकटका किसानको सङ्गठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशालामा हुने सातौँ राष्ट्रिय सम्मेलनले आगामी नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?