Trending
>>   सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा >>   विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन >>   शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया >>   सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य >>   हदबन्दी मिचेर राखिएको जग्गा सरकारको स्वामित्वमा ल्याउँछौँः मन्त्री अधिकारी >>   भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन हो : सांसद गौतम >>   जनकपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना >>   दुग्धजन्य सामग्री नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौं : अध्यक्ष ढकाल >>   जनकपुरधाममा खुकुरी आक्रमणबाट एक किशोरीको मृत्यु >>   सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
Logo
१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

नेपाल टि ट्वान्टी क्रिकेट ः लुम्बिनीको जित


राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चाँैथो जित दर्ता गराएको छ । चार खेल खेलको लुम्बिनीले आठ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थान छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा पहिले ब्याटिङका गरेको लुम्बिनीले १९ रन बनाएको थियो । लुम्बिनीका लहिरु मिलन्थाले १५ र साड्ले भान स्कल्कवेकले तीन रन बनाए । लुम्बिनीले एक रन भने अतिरिक्त पाएको थियो ।

बीस रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको फार वेस्ट १० रनमा समेटियो । फार वेस्टका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाए । त्यसअघि २० ओभरको खेलमा लुम्बिनीका गुल्शन झाले सर्वाधिक अविजित ३६ रन बनाएका थिए । उनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यसैगरी लहिरु मिलन्थाले ३४ तथा विपुल शर्माले ३१ रन जोडे ।

फार वेस्टका करण केसी र शेर मल्लले समान दुई विकेट लिए भने राशिद खान, उमैर अलि हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान एक/ एक विकेट लिए । यता फार वेस्टका लागि भने देव खनालले सर्वाधिक ४८ रन बनाएका थिए । उनले ४२ बलमा पाँच चौकासहित ४८ रन बनाएका हुन । कप्तान हस्मतुल्लाह साहिदीले ३२, भीम सार्कीले १५, करण केसीले १२ तथा हसिम अन्सारी र विनोद भण्डारीले समान ११/११ रन जोडेका थिए ।

लुम्बिनीका साड्ले भान स्कल्कवेकले दुई विकेट लिए भने हर्मित सिंह, किशोर महत्तो र सागर ढकालले समान एक÷एक विकेट हात पारे । यससँगै तीन खेलबाट दुई अङ्क जोडेको फार वेस्ट तालिकाको चौँथो स्थानमा छ । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन् । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?