Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल टि ट्वान्टी क्रिकेट ः लुम्बिनीको जित


राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चाँैथो जित दर्ता गराएको छ । चार खेल खेलको लुम्बिनीले आठ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थान छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा पहिले ब्याटिङका गरेको लुम्बिनीले १९ रन बनाएको थियो । लुम्बिनीका लहिरु मिलन्थाले १५ र साड्ले भान स्कल्कवेकले तीन रन बनाए । लुम्बिनीले एक रन भने अतिरिक्त पाएको थियो ।

बीस रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको फार वेस्ट १० रनमा समेटियो । फार वेस्टका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाए । त्यसअघि २० ओभरको खेलमा लुम्बिनीका गुल्शन झाले सर्वाधिक अविजित ३६ रन बनाएका थिए । उनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यसैगरी लहिरु मिलन्थाले ३४ तथा विपुल शर्माले ३१ रन जोडे ।

फार वेस्टका करण केसी र शेर मल्लले समान दुई विकेट लिए भने राशिद खान, उमैर अलि हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान एक/ एक विकेट लिए । यता फार वेस्टका लागि भने देव खनालले सर्वाधिक ४८ रन बनाएका थिए । उनले ४२ बलमा पाँच चौकासहित ४८ रन बनाएका हुन । कप्तान हस्मतुल्लाह साहिदीले ३२, भीम सार्कीले १५, करण केसीले १२ तथा हसिम अन्सारी र विनोद भण्डारीले समान ११/११ रन जोडेका थिए ।

लुम्बिनीका साड्ले भान स्कल्कवेकले दुई विकेट लिए भने हर्मित सिंह, किशोर महत्तो र सागर ढकालले समान एक÷एक विकेट हात पारे । यससँगै तीन खेलबाट दुई अङ्क जोडेको फार वेस्ट तालिकाको चौँथो स्थानमा छ । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन् । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?