काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लवले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा मंगलबार पुलिसले विभागीय डर्बीमा एपिएफमाथि ३–२ को जित निकाल्यो । समूहमा बलियो मानिएको एपिएफलाई हराउँदै पुलिसले विजेता बन्ने सम्भावना बलियो बनाएको हो । पुलिसले पहिलो दुई सेट २५–२१ र २५–२५ ले हराउँदै सोझो सेटमा जित निकाल्ने संकेत गरेको थियो । तर, तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । यो सेट एपिएफले २५–२२ ले आफ्नो बनाउँदै खेलमा पुनरागमन गर्ने प्रयास ग¥यो । चौथो सेट पनि एपिएफले २५–२१ ले जितेपछि खेल पाँचौं सेटतर्पm धकेलियो । यो सेट जितेपछि एपिएफले कम्तीमा एक अंक पनि सुरक्षित ग¥यो । निर्णायक तथा पाँचौं सेटमा एपिएफले लय जारी राख्न सकेन ।
एपिएफले १५–९ ले सेट आफ्नो बनाउँदै दुई अंक बटुल्यो । यो जितपछि पुलिस सेमिफाइनलमा पुग्यो । तीन खेलबाट एपिएफले सात अंक बटुल्यो । एक खेल कम खेलेको पुलिसको पाँच अंक भएको छ । अब पुलिसले समूहको अन्तिम खेल बुधबार मधेश प्रदेश स्पोटर््स काउन्सिलसँग खेल्नेछ । चार टोली रहेको समूहमा अन्तिम खेल जित्दै पुलिस समूहविजेता बन्ने लक्ष्यमा छ । मधेशले दुई खेलबाट अंक जोड्न सकेको छैन । तीन खेल खेलेको सुदूरपश्चिम प्रदेश स्पोटर््स काउन्सिलले तीन अंक बटुल्दै प्रतियोगिताको यात्रा टुङ्गाएको छ । महिलातर्पm सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ बाट न्यु डायमन्ड युथ स्पोटर््स क्लव विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । न्यु डायमण्डले समूहको अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो । न्यु डायमण्डले एभरेस्ट क्लबलाई २५–२१, २५–१५ र २५–१४ ले सहजै पराजित ग¥यो । न्यु डायमण्डको जितसँगै त्रिभुवन आर्मी क्लब यो समूहबाट उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो । समान तीन खेलबाट न्यु डायमण्डले ९ अंक र आर्मीले ६ अंक जोड्यो । दुई खेलबाट एभरेस्ट र चुली युवा क्लब जितविहीन छन् । यी दुई टोली बुधबार भिड्ने तालिका छ । पुरुषतर्पm समूह ‘ए’ को एपिएफ र समूह ‘बी’ को खिल्जी युवा क्लब पनि उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका छन् ।
तीन टोली रहेको समूहमा दुवै टोलीले पहिलो खेल गुमाएका थिए । तर, समूहको अन्तिम तथा निर्णायक खेलमा एपिएफले मणिमुकुन्द भलिबल क्लव र खिल्जीले ढोरपाटन क्लबलाई सोझो सेटमा हराउँदै नकआउट चरणको यात्रा तय गर्न सफल भएका हुन् । एपिएफले मणि मुकुन्दलाई २५–१०, २५–१६ र २९–२७ ले हरायो । समूह ‘ए’ बाट हेल्प नेपाल स्पोटर््स क्लब विजेताको रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ । अर्घाखाँचीको खिल्जी युवा क्लबले दुई भारतीय खेलाडीसहित यो प्रतियोगिता खेल्ने आएको हो । विदेशी खेलाडीको राम्रो साथ नपाउँदा खिल्जी समूहविजेता बन्न सकेन ।
समूह ‘बी’ अन्तिम खेलमा खिल्जी ढोरपाटनमाथि २५–१५, २५–१९ र २५–२३ ले हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । समूह ‘सी’ बाट रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र समूह ‘डी’ बाट त्रिभुवन आर्मी क्लब विजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार