Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै


सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै

काठमाडौँ। एमेच्योर गल्फर एवम् डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिनमा पनि शिर्ष स्थानमा अग्रता कायमै राखेको छ ।

सूर्य नेपाल सेन्ट्रल ओपन यस सिजनको सूर्य नेपाल गल्फ टुर (२०२५–२६) को पहिलो प्रतियोगिता हो । उक्त प्रतियोगितामा एमेच्योर गल्फरले आफ्नो दबदबा दोस्रो दिन पनि कायमै राखेका छन् । गोकर्ण गल्फ क्लबमा राहुलले पाँच अन्डर ६७ को स्कोर गर्दै मंगलबारको खेल पूरा गरे । यससँगै उनले समग्रमा ११ अन्डर १ सय ३३ को स्कोर बनाए । राहुलले प्रोफेसनल खेलाडी भुवनकुमार रोक्कामाथि सात स्ट्रोकले अग्रता लिएका छन् । भुवन समग्रमा चार अन्डर १ सय ४० को कार्डमा छन् । उनले दोस्रो दिन पाँच अन्डर ६७ स्कोर गरे पनि दोस्रो स्थानमा नै रहे । राहुल उपाधि रक्षा गर्ने लक्ष्यमा छन् ।

उनले फ्रन्ट नाइनमा तीन अन्डर ३३ खेल्दा ब्याक नाइनमा दुई अन्डर ३४ पूरा गरेका थिए । राहुलले दोस्रो, तेस्रो, पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । तर, उनले चौथो र छैटौं होलमा बोगी खेपे । यसपछि राहुलले दशौंं, ११औं, १३औं र १४औं होलमा पनि समान एक सट बचाए । तर, उनी १५औं र १६औं होलमा लगातार दुई बोगी प्रहार गर्न पुगे । जयराम श्रेष्ठले तेस्रो स्थानबाट पछ्याइ रहेका छन् । उनले दोस्रो दिन इभन–पार ७२ खेले । उनी समग्रमा एक अन्डर १ सय ४३ को स्कोर छन् । भुवन नगरकोटी चौथो स्थानमा उक्लिए । समग्रमा उनी एक ओभर १ सय ४५ को स्कोरमा छन् ।

उनले दोस्रो दिनको खेल इभन पार ७२ मा सकाए । चार खेलाडी संयुक्त रूपमा पाँचौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो नीरज तामाङ (६९), शुक्र बहादुर राई (७१), दिनेश प्रजापति (७३) तथा एमेच्योर रुबेन थापा (७०) समग्रमा दुई ओभर १ सय ४६ को स्कोरमा छन् । चार ओभर १ सय ४८ स्कोरमा रबि खड्का (७१), प्रदीप कुमार लामा (७५) तथा एमेच्योर फुन्सो नोर्बु लामा (७५) संयुक्त रूपमा आठौं स्थानमा रहे । यस प्रतियोगिता १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट (११ ओभर १५५ स्कोर गरेका) बनाएका छन् । प्रोतर्फ सूर्यप्रसाद शर्मा, तोरणविक्रम शाही, दीपक मगर, किसन कालीराज सुनार, धनबहादुर थापा, टंकबहादुर कार्की, कुमार कामी, रमेश अधिकारी र रामे मगरले कट बनाएका हुन् ।

एमेच्योरतर्फ साम डोबलार्ड, टासी छिरिङ र बलराम पौडेलले पनि कट बनाए । एमेच्योर वाङ्चेन ढोन्डुपसँगै भीमसेन चौलागार्इं, सञ्जय लामा र सबिन सापकोटाले ११ ओभर १ सय ५५ स्कोर गरेका थिए । तर, उनीहरू काउन्ट ब्याकमा पछि पर्दा कट बनाउन असफल भए । विजेताले १ लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले एक लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौं हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ गल्फरले पनि नगद पुरस्कार पाउनेछन् ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?