Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका


जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ । गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

“आत्मनिर्भरका तालिमलाई महिला केन्द्रित गरेर सञ्चालन गरेका छौँ”, उपाध्यक्ष बुढाले भन्नुभयो, “पालिकाका नौवटै वडाका १६ महिलालाई ढाका बुनाइ तालिम दिएर पठाएका छौँ । उनीहरुले राम्रोसँग सीप सिकेर गएका छन् ।” उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको साझेदारीमा तालिम दिएको उपाध्यक्ष बुढाको भनाइ छ । तिलाका महिलाई आत्मनिर्भर गर्नका लागि सो तालिम दिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो । तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न अतिआवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनुभयो ।

तालिमका सहभागी शान्ति बुढाले पालिकाले दिएको सीपमूलक तालिमलाई कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी भएकाले अझै यहाँका महिलालाई विभिन्न प्रकारका आत्मनिर्भरका सीपमूलक तालिम दिन पालिकालाई आग्रह गर्नुभयो । तिलावासीका नागरिकसँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्नका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकाले यहाँँका नागरिकको अपेक्षाअनुसार काम गरिने तिला गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २७ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?