Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सडक विस्तारको काम छिटो सम्पन्न गर्नु : गृहमन्त्री श्रेष्ठ


२७ चैत ,नवलपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्‌ ।

आज सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्‌ । उनले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ स्थानमा अनुगमन गरेका थिए ।

“सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो । यतिमै खुसी हुने अवस्था भने छैन”, उनले भने, “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ।”

सडकको काम सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री श्रेष्ठले बताए । आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको उल्लेख गर्दै उनले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताए ।

त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उनले बताए । “त्यही पनि यसलाई छिटो र गुणस्तरीय काम होस् भनेर हामीले चीनका राजदूतसँग कुराकानी गरेका थियौँ” उनले भने, “त्यसकारण अहिले चिनियाँ राजदूतले आग्रह गरेर उहाँहरूको टोलीसँग सडकको निरीक्षणका लागि यहाँ आएका हौँ।”

अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको मन्त्री श्रेष्ठले बताए । “काममा प्रगति भएको छ, तर जम्मा कति प्रगति भएको छ र त्यसले गुणस्तरीयता कस्तो ल्याएको छ भनेर हामीले विश्लेषण गर्छौँ”, ले भने, “तर पनि पहिले आएको बेलाभन्दा प्रगति भएको छ ।” श्रेष्ठले आज गैँडाकोटबाट बुटवलसम्म सडकको विभिन्न १३ स्थानमा अनुगमन गरेका थिए ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?