Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा


२७ चैत ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्‌ ।

नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्‌ ।

“सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय होइन”, उपाध्यक्ष महराले भने, “यो विषयमा आयोगबाटै टुङ्ग्याउनुपर्छ ।” सङ्क्रमणकालीन न्याय निरुपण गर्न गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।

उपाध्यक्ष महराले सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ, कानुनद्वारा समाधान खोज्न हँुदैन ।”

पूर्वमाओवादी घटकहरूबीच सकेसम्म एकता गर्ने, नभए कार्यगत एकता गरेर बलियो शक्ति भएर अघि बढ्नुपर्ने र माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा भएको बताए ।

नेत्री हिसिला यमीले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि आयोगका पदाधिकारीलाई निरन्तरता दिनुपर्ने र विस्तृत शान्तिसम्झौताअनुसार नै सङ्क्रमणकालीन न्यायको काम पूरा गर्नुपर्ने बताईन्‌ ।

उनले सङ्क्रमणकालीन न्यायको समस्या समाधान जतिसक्दो छिटो समाधान गर्नुपर्ने र यसलाई गिजोलेर राख्न नहुनेमा जोड दिईन्‌ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?