Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम


२७ चैत ,फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । तीन दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ ।

सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए । उनले भने, “डढेलो लागेको आज तीन दिन भएको, कसले लगाएको थाहा छैन । आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ । गाउँलेहरुले गाउँ जोगाउने प्रयास गरिहेका छन् ।”

माथि बस्ती रहेको छ, भने तल सुक्खा वनमा ढडेलो लाग्दै बस्तीतिर आउन थालेको स्थानीयवासीको भनाइ छ । बस्तीमा प्रायःजसो खरको छानो भएको घर धेरै भएकाले आगलागीको बढी जोखिम भएको फुङ्लिङ नगरपालिका–८ का वडा सदस्य भुपिन्द्र मगरले बताए । उनले भने, “हिजो दिउँसो नगरपालिकाको दमकलको सहायताले डढेलो नियन्त्रण गर्ने प्रयास गरौँ र मेची राजमार्गदेखि माथि जान दिएनौँ । तर तल जङ्गलमा भने दमकल जान सकेन ।”

वडा सदस्य मगरका अनुसार १५ घर जति डढेलोको जोखिम परेको छ । यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष डढेलो लाग्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागी भएको जङ्गल राष्ट्रिय वन क्षेत्र पर्ने गुरुङले बताए । आगलागी भएको वनमा धेरै जसो साख्वाको, साललगायत रूख रहेको वडा सदस्य मगरले बताए ।

मेची राजमार्गको नजिक भएको डढेलो नगरपालिकाले दमकल प्रयोग गरेर नियन्त्रणमा लिए पनि राजमार्गदेखि तलका क्षेत्रमा भएको डढेलो भने नियन्त्रणमा लिन नसकेको मगरले बताए । वन, जङ्गलमा आगलागी हुनाले जनधनको क्षति मात्र नभएर, यहाँ रहेका, लोप हुन लागेका प्रजाति सधैँका लागि विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्‍याउने जैविक विविधता क्षेत्रमा लामो समय काम गर्दै आउनुभएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

राईका अनुसार ठूला जीवजन्तुहरू आगलागी हुँदा बच्न सक्ने सम्भावना धेरै रहे पनि तिनीहरूका बच्चा, स–साना घस्रने, झाडी, खर बारीजस्ता ठाउँहरूमा आफ्नो सम्पूर्ण जीवन व्यथित गर्ने प्राणीहरू सधैँका लागि हामीबाट टाढा हुने स्थिति सृजना हुने गरेको छ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?