Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम


२७ चैत ,फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । तीन दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ ।

सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए । उनले भने, “डढेलो लागेको आज तीन दिन भएको, कसले लगाएको थाहा छैन । आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ । गाउँलेहरुले गाउँ जोगाउने प्रयास गरिहेका छन् ।”

माथि बस्ती रहेको छ, भने तल सुक्खा वनमा ढडेलो लाग्दै बस्तीतिर आउन थालेको स्थानीयवासीको भनाइ छ । बस्तीमा प्रायःजसो खरको छानो भएको घर धेरै भएकाले आगलागीको बढी जोखिम भएको फुङ्लिङ नगरपालिका–८ का वडा सदस्य भुपिन्द्र मगरले बताए । उनले भने, “हिजो दिउँसो नगरपालिकाको दमकलको सहायताले डढेलो नियन्त्रण गर्ने प्रयास गरौँ र मेची राजमार्गदेखि माथि जान दिएनौँ । तर तल जङ्गलमा भने दमकल जान सकेन ।”

वडा सदस्य मगरका अनुसार १५ घर जति डढेलोको जोखिम परेको छ । यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष डढेलो लाग्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागी भएको जङ्गल राष्ट्रिय वन क्षेत्र पर्ने गुरुङले बताए । आगलागी भएको वनमा धेरै जसो साख्वाको, साललगायत रूख रहेको वडा सदस्य मगरले बताए ।

मेची राजमार्गको नजिक भएको डढेलो नगरपालिकाले दमकल प्रयोग गरेर नियन्त्रणमा लिए पनि राजमार्गदेखि तलका क्षेत्रमा भएको डढेलो भने नियन्त्रणमा लिन नसकेको मगरले बताए । वन, जङ्गलमा आगलागी हुनाले जनधनको क्षति मात्र नभएर, यहाँ रहेका, लोप हुन लागेका प्रजाति सधैँका लागि विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्‍याउने जैविक विविधता क्षेत्रमा लामो समय काम गर्दै आउनुभएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

राईका अनुसार ठूला जीवजन्तुहरू आगलागी हुँदा बच्न सक्ने सम्भावना धेरै रहे पनि तिनीहरूका बच्चा, स–साना घस्रने, झाडी, खर बारीजस्ता ठाउँहरूमा आफ्नो सम्पूर्ण जीवन व्यथित गर्ने प्राणीहरू सधैँका लागि हामीबाट टाढा हुने स्थिति सृजना हुने गरेको छ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?