Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक: हितेन्द्रदेव शाक्य


काठमाडौँ। राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘आजको दिन ट्रान्समिसन लाइन एकदमै महत्वपूर्ण क्षेत्र हो । आजको दिनमा लगानी बढ्नुपर्ने क्षेत्रमा घट्दैछ । श्रीमान सचिव, मन्त्री ज्यूलाई अगाडी राखेर म भन्दैछु, ट्रासमिसनलाइन किन लगानी घट्दैछ ? त्यसमा साच्चिकै काम गर्नुपर्नेछ ।’

उनले प्रशारण लाइन निर्माणमा गति दिनुपर्ने बताउदै अहिले पनि धेरै प्रशारण लाइनको अभाव झेल्नुपरिरहेको बताएका छन्। उनले समस्या समाधानका लागि निजी क्षेत्रलाई समेत प्रशारण लाइनहरुमा लगानी गर्न लगाउनुपर्ने बताए । उनले प्रशारण लाइन निर्माणमा लगानी बढ्नुपर्नेमा घट्दै जानु दुखद रहेको पनि बताए ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?