Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नारा जर्मनीमा अध्यक्ष र महासचिव बाहेक निर्विरोध,अनलाइन मतदान हुँदै


जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको २०२५-२७ कार्यकालको लागी अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २५ साउन(१० अगस्ट)आईतवार मतदान हुन लागेको हो । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औं अधिवेशनसँगै उम्मेदवारी दर्ता गरिएको थियोे ।

नयाँ कार्यसमितिका लागि दिल बहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको छ । समितिमा हेमराज जोशी, गोबिन्द प्रसाद भण्डारी विजय शाही सदस्य र विजय मोक्तान सदस्य सचिव छन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा लोकमणि ढकाल र ज्योति राई प्रतिस्पर्धामा छन् ।

यसअघि अध्यक्षमा युवराज अधिकारी र कृष्ण देवकोटाले उम्मेदवारी फिर्ता गरेका थिए । महासचिवमा लोकेन्द्र साम्बा र सनत कुमार गौतम प्रतिस्पर्धामा छन् । निर्वाचन समिति संयोजक गुरुङका अनुसार शनिबार अनलाइन मार्फत मतदान हुनेेछ । ‘सकेसम्म सहमति होस भनेर प्रयास गर्दा केही समय लागेको हो,’ उनले भने,’अध्यक्ष र महासचिव बाहेकका पदमा निर्विरोध निर्वाचित भएको घोषणा भईसकेको छ । दुई पदका लागि आगामी शनिबार अनलाइन मतदान हुने तय भएको छ ।’

निर्विरोध निर्वाचित हुनेमा उपाध्यक्षमा राजेश सुनार,सिजन दाहाल,लक्ष्मण जोशी र तुलसी श्रेष्ठ, सुनिता राई र ईश्वर श्रेष्ठ छन् । त्यस्तै उपमहासचिव रामकला पन्त, सचिवमा टुवल सापकोटा, कोषाध्यक्षमा प्रणिता कार्की,सह- कोषाध्यक्षमा मिरा पौडेल अधिकारी ,महिला संयोजकमा कल्पना वाग्ले र युवा संयोजकमा विलिमाया आले मगर निर्वाचित बने छन । कुम्भ रेग्मी आईसीसी सदस्य चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा रविन गौतम,शिवराम ढकाल,सरोज अधिकारी, कमल रावल,लक्ष्मी नारायण रिजाल,जीवनबाबु ढकाल,सञ्जिता ओली प्रसाईं,शिवकला गुरुङ,सुनिता थापा,किरण चन्द्र रायमाझी र निशा राई रहेका छन् । नारा जर्मनीमा ५८८ मतदाता छन् ।



प्रकाशित मिति: २० श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?