Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा


२५ चैत ,धनुषा । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्‌ ।

उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराएका थिए । उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन्‌ ।

सो अवसरमा प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुख सहभागी थियो ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?