Trending
>>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा >>   नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा


एजेन्सी। सिरियाली अधिकारीहरूले देशभर युद्धविरामको घोषणा गरेका छन् । दक्षिणी सिरियामा भएको घातक साम्प्रदायिक झडपले ग्रस्त देश हालै इजरायली हस्तक्षेपले पनि संकटमा रहेको छ । युद्धविरामको उद्देश्य राष्ट्रिय एकता जोगाउनु र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताइएको छ । यस कदमलाई राष्ट्रिय र मानवीय दायित्वको रूपमा वर्णन गरिएको छ ।

अधिकारीहरूले सबै पक्षहरूलाई शत्रुता बन्द गर्न र मानवीय सहायताको सुरक्षित वितरण सुनिश्चित गर्न आह्वान गरेका छन् । यो सम्झौतालाई टर्की, जोर्डन र सिरियाका अन्य छिमेकीहरूसहित क्षेत्रीय देशहरुले पनि समर्थन गरेका छन् । स्वेइदा प्रान्तमा ६ दिनसम्म चलेको साम्प्रदायिक झडपपछि युद्धविराम सम्झौता भएको थियो । जसमा सयौंको मृत्यु भएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?