Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचनाअनुकुल छः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचनाअनुकुल रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताएका हुन् । उनले संघीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको स्पष्ट पार्दै स्थानीय तहले प्राथमिकताका आधारमा बजेट उपयोग गर्नसक्ने बताए । उनले मन्त्रालयले स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकता र आवश्यकताको आधारमा गरेको जिकिर गरे । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट विद्यालय संख्या, विद्यार्थी संख्या तथा नीति निर्देशनको आधारमा तय गरिएको उल्लेख गर्दै कुनै पनि भौगोलिक क्षेत्रलाई बेवास्ता नगरिएको स्पष्ट पारे ।

उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन विश्लेषण गर्दा शिक्षाको अधिकांश बजेट स्थानीय तहमै छ । जुन तहको जे जिम्मेवारी हो त्यही अनुसार बजेट विनियोजन गरिएको छ । संघबाट कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन गरिएको छैन । स्थानीय तहले आफ्नो प्राथमिकताकै आधारमा बजेट उपयोग गर्नसक्ने भएकोले यो बजेट संघीयता अनुकुल नै छ । मन्त्रालयका लागि उपलब्ध भएको स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकताकै आधारमा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेट विद्यालय संख्या, विद्यार्थि संख्या र क्षेत्रगत नीति लगायतका विषयका आधारमा तय गरिएकोले यो कुनै भौगोलिक क्षेत्रलाई बेवास्ता गर्ने वा कुनेै जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रिकृत हुने हिसाबले ल्याइएको छैन । उपलब्ध स्रोतको अनुसार अधिकतम बजेट नै यसै क्षेत्रमा विनियोजन गरिएको छ । राज्यको स्रोत बढ्दै जाँदा बजेटमा शिक्षा क्षेत्रले नै प्राथमिकता पाउने विषयमा आस्वस्थ पार्न चाहन्छु ।’

मन्त्री पन्तले राज्यको स्रोत बढ्दै जाँदा शिक्षा क्षेत्रलाई नै प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?