Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सुनचाँदी र खाद्यान्नमा लगाइएको कर प्रणाली पुनरावलोकन गर्न सांसद पुनको माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सुनचाँदीका गरगहना र खाद्यान्नमा लगाइएको कर प्रणाली अनुचित भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पुनले यस्तो माग गरेका हुन् । उनले सुनचाँदी, हिरा–मोतीजस्ता गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क विक्रीका विभिन्न तहमा पुगेपछि उपभोक्ताले २० प्रतिशत कर तिर्नुपर्ने अवस्था आउने उल्लेख गरे । सुन विलासी वस्तु नभएको कारण गत आर्थिक वर्षको बनेटमा समावेश गरिएको १० लाखसम्मको सुनचाँदीलाई विलासिता कर छुट दिने नीति सरकारले अवलम्वन गर्नुपर्ने बताए । पुनले खाद्यान्न र गेडागुडीमा आयात गर्दा पूर्वकर १० प्रतिशत हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसले घरेलु उत्पादनलाई क्षति पुग्ने र विदेशी फलफूल सस्तो हुने अवस्था आएको बताएका छन् ।

उनले भने, ‘सुनचाँदीका गरगहना, हीरा मोतीका पत्थर या यस्तै वस्तु जडित गरगहना विक्री गर्दा दुई प्रतिशतको जुन २ प्रतिशत विलासिता शुल्क लगाउने कुरा छ । त्यसमा विभिन्न तहमा विक्री हुँदै गर्दा विलासी शुल्क कर र मुनाफा समेत राख्दा २० प्रतिशत हुन जाने अवस्था छ । मिल्दो छैन । गत आर्थिक वर्षको बजेटमा १० लाख सम्मको चुनचाँदीमा विलासिता होइन । त्योभन्दा माथि यदि कसैले कारोबार गर्छ भने त्यसमा नलगाउने त्योभन्दा माथि कसैले सञ्चय गर्न खोज्यो भने त्यसमा विलासिता शुल्क लगाउनुपर्छ भन्ने थियो त्यसमा विलासिता शुल्क लगाउनुपर्छ । त्यसैगरी, खाद्यान्न, गेडागुडी लगायतका उत्पादनमा आयात अग्रिम कर १० प्रतिशत थियो । अहिले त्यो वेभ गरिएको छ । त्यसले हाम्रो उत्पादन संरक्षण हुने भएन, विदेशी फलफुलहरु सस्तो हुने भयो । यो बेठिक छ । यसमा करेक्सन गरिनुपर्छ ।’

सरकारले एउटा उद्योगलाई माथि उकास्ने नाउमा अन्य २५ उद्योगहरु बन्द गर्ने खालको नीति लिएको आरोप लगाए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?