Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

सुनचाँदी र खाद्यान्नमा लगाइएको कर प्रणाली पुनरावलोकन गर्न सांसद पुनको माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सुनचाँदीका गरगहना र खाद्यान्नमा लगाइएको कर प्रणाली अनुचित भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पुनले यस्तो माग गरेका हुन् । उनले सुनचाँदी, हिरा–मोतीजस्ता गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क विक्रीका विभिन्न तहमा पुगेपछि उपभोक्ताले २० प्रतिशत कर तिर्नुपर्ने अवस्था आउने उल्लेख गरे । सुन विलासी वस्तु नभएको कारण गत आर्थिक वर्षको बनेटमा समावेश गरिएको १० लाखसम्मको सुनचाँदीलाई विलासिता कर छुट दिने नीति सरकारले अवलम्वन गर्नुपर्ने बताए । पुनले खाद्यान्न र गेडागुडीमा आयात गर्दा पूर्वकर १० प्रतिशत हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसले घरेलु उत्पादनलाई क्षति पुग्ने र विदेशी फलफूल सस्तो हुने अवस्था आएको बताएका छन् ।

उनले भने, ‘सुनचाँदीका गरगहना, हीरा मोतीका पत्थर या यस्तै वस्तु जडित गरगहना विक्री गर्दा दुई प्रतिशतको जुन २ प्रतिशत विलासिता शुल्क लगाउने कुरा छ । त्यसमा विभिन्न तहमा विक्री हुँदै गर्दा विलासी शुल्क कर र मुनाफा समेत राख्दा २० प्रतिशत हुन जाने अवस्था छ । मिल्दो छैन । गत आर्थिक वर्षको बजेटमा १० लाख सम्मको चुनचाँदीमा विलासिता होइन । त्योभन्दा माथि यदि कसैले कारोबार गर्छ भने त्यसमा नलगाउने त्योभन्दा माथि कसैले सञ्चय गर्न खोज्यो भने त्यसमा विलासिता शुल्क लगाउनुपर्छ भन्ने थियो त्यसमा विलासिता शुल्क लगाउनुपर्छ । त्यसैगरी, खाद्यान्न, गेडागुडी लगायतका उत्पादनमा आयात अग्रिम कर १० प्रतिशत थियो । अहिले त्यो वेभ गरिएको छ । त्यसले हाम्रो उत्पादन संरक्षण हुने भएन, विदेशी फलफुलहरु सस्तो हुने भयो । यो बेठिक छ । यसमा करेक्सन गरिनुपर्छ ।’

सरकारले एउटा उद्योगलाई माथि उकास्ने नाउमा अन्य २५ उद्योगहरु बन्द गर्ने खालको नीति लिएको आरोप लगाए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?