Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

निर्णय भइसकेका विषयमा मन्त्री फेरिएसँगै छलफल गर्नुको औचित्य छैनः सांसद भण्डारी


काठमाडौं। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी)लाई विद्यालयको अंग बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद भण्डारीले यस्तो बताएका हुन् । उनले बालविकास क्षेत्र मानव जीवनको पहिलो खुड्किलो भएको र उपसमितिले पनि टुंग्याइसकेको विषयमा छलफल आवश्यक नरहेको बताए । सांसद भण्डारीले चीनको उदाहरण दिँदै आफुलाई सुरक्षित गर्ने, नैतिक शिक्षा ग्रहण गर्ने, कसरी पढ्ने, आगन्तुकको स्वागतदेखि विदाइसम्मका कुराहरु यसमा पर्ने भएकाले इसीडीका विषय नसमेटिनु स्वीकार्य नहुने स्पष्ट पारे । उनले संसदको संख्या घटाउने, सल्लाहकार घटाउनेलगायतका विषयमा सहमति गर्न सकिने तर उपसमितिको निर्णय स्वागतयोग्य भएकाले कुनै छलफल नगरी पारित गरिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘वास्तविक रुपले विद्यार्थीमैत्री विषय टुंगिएको विषय हो । र, उपसमितिले पनि टुंग्याएको विषय हो अहिले फेरि छलफलमा किन ? यो बालविकास क्षेत्र मानव जीवनको सबैभन्दा सुरुको स्टेप हो । यसले हाम्रा बच्चाहरु होस्टलमा बस्दा, बच्चाहरु बोइलर कुखुरा जस्ता भए । बाउआमाको कुरा पनि सुन्दैनन् यसलाई नयाँ तरिकाले लैजाउ, यसले बच्चाको आत्मविश्वास पनि बढाउँछ । तसर्थ, हामीले यो क्षेत्रलाई ध्यान दिनुपर्छ । बाउआमाको ठ्याक्कै चरित्र, शिक्षिकाहरुको क्यारेक्टर सिक्ने स्टेप पनि हो । आपूmलाई सुरक्षित गर्ने, नैतिक शिक्षा ग्रहण गर्ने, कसरी पढ्ने, कसरी स्वागत गर्ने, कसरी विदाइ गर्ने सबै कुरा यसमा पर्छ । यसको सबैभन्दा ठूलो नमूना चीन हो जसलाई यी कुरा बाल शिक्षामै राखिएको छ । यसलाई हामीले विद्यालय शिक्षा भन्दा बाहिर राख्नु हुँदैन । तीनै तहको सरकार मिलेर यसलाई तीन वर्ष गरौं भनिएको छ । यसलाई बाहिर राखेर के बनाउँछौं भन्नु आवश्यक छैन । सबैभन्दा पहिलो पाइला यही हो यसलाई महत्व दिनुपर्छ । यसले बच्चाहरुलाई मेरो देश, मेरो समाज, मेरो संस्कार सिक्छन् । जुन इन्जेक्सन लगाउने कुरा हो त्यसैले म यसमा पटक्कै सहमत छैन । सरकारले राखेको अनावश्यक सल्लाहकार कटौती गरोस् । आफुलाई सुविधा पनि चाहिने, महंगा गाडीहरुमा कटौती गरोस् न । यीनलाई नबनाई मुलुक बन्दैन, समाज रुपान्तरण हुँदैन यीनलाई नबनाइ केही हुँदैन भने यो छलफलमा पनि ल्याउने विषय होइन । यसमा कति जना मन्त्रीसँग छलफल गर्ने ? मन्त्री फेरिएसँगै छलफल गरिरहनु आवश्यकछैन । दुनियाँ कहाँ पुगिसके, अझैपनि हामी छलफल नै गरिरहने । यो हुँदैन त्यसैले उपसमितिको निर्णय स्वागतयोग्य छ यसमा कुनै छलफल नगरी पारित गर्नुपर्छ । संसद घटाउ, सल्लाहकार घटाउ सबैमा सहमत छौं तर यसमा सहमत छैनौं ।’

उनले उपसमितिको निर्णय सही भएको भन्दै मन्त्री फेरिएसँगै हरेकपटक छलफल गरिरहनुको कुनै औचित्य नभएको स्पष्ट पारे ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?