Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

यस मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावनाः गण्डकी, लुम्बिनी र कर्णाली बढी प्रभावित हुने


काठमाडौँ। यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराएका हुन् । उनका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वषा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य भूभागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उनले बताए । निर्देशक जोशीका अनुसार नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर भएपनि गत वर्ष १६९१.३ मिलिमिटर वर्षा भएको थियो, जुन ११३ प्रतिशत हो । उनले मौसम पूर्वानुमानलाई लिएर मिडियामा आएको ‘३०÷४० वर्ष यताकै धेरै पानी पर्छ’ भन्ने दाबीलाई सही नभएको समेत स्पष्ट पारे ।

उनले भने, ‘यस वर्षको हामीले मौसमी पूर्वानुमान आँकलन गर्दाखेरी चाँही सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ । सम्भवतः गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य देशका अन्य भूभागमा औसतभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ । यति हुँदाहुँदै पनि विपद् हुन्छ कि हुदैन भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा सरदर वर्षा हुने भनेको १४९८.४ मिलि मिटर हो भने पोहोर साल १६९१.३ मिलिमिटर पानी परेको छ । जुन भनेको ११३ प्रतिशत हो । यो वर्ष त्योभन्दा पनि बढी वर्षा हुने सम्भावना छ । तर मिडियामा ३०÷४० वर्षभन्दा बढी पानी पर्ने भयो भनेर मिडियामा आएको छ । त्यस्तो चाँही होइन । पहिले चाँही दिनभर मसिनो पानी पर्ने हुन्थ्यो भने अहिले जलवायु परिवर्तनको असरका कारण २÷३ घण्टामै धेरै ठुलो पानी पर्ने २÷४दिन पानी परेर मनसुन ब्रेक भएको जस्तो हुने अवस्था छ ।’

जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको बताउँदै उनले विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?