Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए । उनले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताए । उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताए । गृहमन्त्री लेखककाअनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ । गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिएका छन् । विपद् न्युनिकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर रुपले लागिरहेको उनको भनाइ छ । गत वर्षको असोजमा काठमाडौंमा उपत्यामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकारेका छन् । यसपटक विपद् जोखिम न्युनिकरणका लागि टेलिकम प्रदायकहरुसँग समन्वय भइरहेको पनि बताए ।

उनले भने, ‘विगतको २५ वर्षमा देशको ८६ प्रतिशत घरधुरीले कुनै न कुनै विपद्को सामना गरिसकेको छ । त्यसैले विपद् हाम्रो प्रमुख समस्या हो भन्ने कुरामा कुनै दुविधा रहेन । २०७२ सालको गोर्खा भूकम्प, जाजरकोट तथा पश्चिम नेपालका भूकम्प लगायतका विभिन्न समस्याको कुरा छदैछ । यस मनसुन अवधीमा कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकीको प्रदेशको अधिक भागमा सरदरभन्दा अधिक वर्षा रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भनेर विभागले भनेको छ । यसले के देखाउँछ त भन्दा देशका विभिन्न भागमा वर्षा औसतभन्दा बढी हुने सम्भावना देखाएको छ । त्यसको अर्थ स्वभाविक रुपले बाढी, पहिरो र डुबानको सम्भावना बढेको छ । सडक मार्ग र ठुलो धनजनको ठुलो क्षति हुने सम्भावना पनि बढेको छ । मुलतः विपद्को विषयमा पूर्वतयारी र प्रतिकारका विषयमा सरकार गम्भिर छ । सरकार अहिले सम्भव भएसम्म विपद्को पूर्वतयारकिा लागि बसेको छ । सुरक्षा निकायहरुले देशभरका आ–आफ्ना युनिटहरुलाई जुनसुनै बेला पनि विपद् आउनसक्ने भएको हुनाले तयारी अवस्था रहनको लागि काम गरिरहनु भएको छ । म आफैं पनि केही दिन अघि प्रहरीको हेडक्वाटरमा बसेर देशभरीका प्रहरीसँग अन्तरक्रिया र छलफल गरेर तयार रहन निर्देशन दिएको छु । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा समितिलाई तयारी अवस्थामा रहनको लागि निर्देश जारी गरेका छौँ । छलफल गरेर तयारी अवस्थामा राखेको अवस्था छ । सूचना प्रणाली पनि सबैभन्दा महत्वपूर्ण छ । यसले धेरै जनको क्षति घटाउन सक्छौँ । यसका लागि हामीले टेलिफोन प्रदायक कम्पनीहरुसँग कुरा गरेर सरकारका सम्बन्धीत निकायहरुले त्यो कुरा गरिरहनु भएको छ । समितिलाई मेरो अनुरोध छ सेवा प्रदायक संस्थाहरुसँग पनि यसरी नै बसेर यो कुरामा छलफल गराउनुपर्यो । सातवटै प्रदेश सरकारलाई संघीय सरकारअन्तर्गत रहेको गोदामघरहरु समेत हस्तान्तरण गरिएको छ ।’

काठमाडौं उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?