Trending
>>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम >>   कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान >>   भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो >>   कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया >>   भूमि व्यवस्था मन्त्रालयमा बलराम अधिकारीको एक वर्षः ७०७ रोपनी जग्गा सरकारको नाममा फिर्ता >>   अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने >>   विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
Logo
२ श्रावण २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार

प्रधानमन्त्री ओलीको प्रश्तावः लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन संविधान संशोधन गरौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा देखापरेका व्यवहारिक कमजोरीहरू सच्याउन संविधान संशोधनको प्रश्ताव अघि सारेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ बनाउने गरी संविधान संशोधन आवश्यक भएको भन्दै प्रश्ताव अघि सारेका हुन् । उनले लोकतान्त्रिक प्रणालीलाई थप प्रभावकारी बनाउन, विकासको गतिलाई तिब्रता दिनेगरी र मुलुकलाई एकतावद्ध बनाउने लक्ष्यसहित संविधान संशोधन गर्न आवश्यक रहेको पनि बताए । उनले संविधान संशोधनले लोकतन्त्र र संस्थागत प्रणालीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘संविधान कार्यान्वयनको क्रममा व्यवहारमा देखिएका केही कमजोरी छन् भने यस प्रणालीलाई र लोकतन्त्रलाई मजबुत बनाउनेगरी संशोधन गरौँ । विकासलाई अगाडि बढाउनेगरी, देशलाई अगाडि बढाउनेगरी, देशलाई एकतावद्ध बनाउनेगरी संशोधन गरौँ । तर मनोवैज्ञानिक ढंगले देशलाई विभाजित गर्नेगरी होइन । राष्ट्रिय एकता कायम गर्नेगरी, लोकतन्त्रलाई मजबुत बनाउनेगरी संविधानलाई संंशोधन गर्न जरुरी छ । हामीले अपनाएको प्रणालीलाई थप प्रधावकारी कार्यान्वयन हुनेगरी संविधान संशोधन गरौँ ।’

उनले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने टिप्पणी समेत गरे ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?