Trending
>>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन >>   काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा >>   स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलेको एक वर्षः शुरु भयो नागरिक आरोग्य कार्यक्रम
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्योः प्रा.डा. आर.पी विच्छा


काठमाडौँ। राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी.विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीतिको सर्जरी गर्दा कुनै अंग काट्न आवश्यक भएपनि काटेर अघि बढ्नुपर्ने सुझाव दिए । उनले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताए । आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गरेका छन् । उनले सबै नीतिहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनको अबको पुस्ता धरै अध्यन गरेको र सीपयुक्त हुने भएकाले उनीहरुमा सरकारको अबको लगानी हुनुपर्ने बताए । उनले हिमाल र पहाडी क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सडक लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको भएपनि उपयोग गर्ने जनशक्ति नहुँदा लगानी खेर गइरहेको बताएका छन् । जनसांख्यिक अवस्थालाई बुझेर योजना नबनाउने हो भने लगानीको कुनै अर्थ नरहेको जिकिर गरे ।

उनले भने, ‘हाम्रो माइग्रेसनको प्रोब्लम र कपल सेप्रेसनको प्रोब्लम छ । त्यसलाई हामीले पोलिसीमा रि थिंक गर्नुपर्छ । जब हामीले पोलिसी बनाउँछौँ । त्यो रि थिंक गर्ने बेला आइसकेको छ । अब हाम्रो पोलिसीलाई निर्मम ढंगले सर्जरी गरौँ । यदी कुनै अंग काट्नुपर्छ भने काटिदिऔँ । अब ढिला गर्न हुँदैन तर यसमा रि अर्गजनाइज, रि एनालाइज गरौँ । र पोलिसी डिपार्चर ल्याऔँ । हाम्रो अनम्यानेज्ट, अनप्लान सर्टअफ अर्गनाइजेशन भएको छ । माइग्रेसनमा इन्टरनल र एक्स्ट्रनल दुवै प्रोब्लम छ भने यहाँ हामी पोलिसी बनाइरहेका छौँ, हिमाल पहाडको लागि । ४ लेनको सडकको योजना छ, पुयाएको पनि छ । त्यसलाई उपयोग गर्ने जनसंख्या पनि छैन । अब पपुलेसन डायनामिकलाई बुझेर पोलिसी बनाएन भने हाम्रो लगानीको कुनै मतलव छैन । हाम्रो काम गर्ने जनशक्ति जुन छ, त्यो अवसर हो हाम्रो लागि २५,२६ वर्ष हामीले गुमाइसक्यौँ । हामीले पोलिसी डिपार्चर गरेर यो जनशक्तिमा लगानी गर्ने हो ।’

उनले युवा जनशक्ति केन्द्रित लगानी बढाउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?