Trending
>>   मौसम : यी तीन प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार >>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प


एजेन्सी। क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ ।

शुक्रवारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेको छ । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा बन्दको घोषणा गरेको छ । शहर र गाउँहरू बीचको आवागमनमा रोक लगाउने यो उपायलाई इजरायली मिडियाले इजरायल र इरान बीचको बढ्दो तनावसहित हालैका क्षेत्रीय विकासहरू पछि सावधानीपूर्वक कदमको रूपमा वर्णन गरेको छ ।

इजरायली प्रशारण निगमले रिपोर्ट गरेको छ कि प्रतिवन्धहरू अर्को सूचना नभएसम्म“रहनेछन् । अखबार येडियोथ अह्रोनोथले पश्चिम किनारका प्रमुख स्थानहरूमा थप सैन्य एकाइहरू तैनाथ गरिएको बताएको छ । इजरायली सेनाले पश्चिम किनारको उत्तरी, मध्य र दक्षिणी क्षेत्रहरूलाई जोड्ने प्रमुख सडकहरू बन्द गरेको छ । रणनीतिक स्थानहरूमा फलामका ढोकाहरू र मोबाइल चेकपोइन्टहरू राखिएको छ । जसले आवागमनमा उल्लेखनीय रूपमा प्रतिवन्ध लगाएको छ ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?