Trending
>>   आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार >>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन >>   काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने


काठमाडौँ। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड पुग्ने प्रक्षेपण गरिएको छ । जसमा वागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको छ । वागमती प्रदेश सरकारले बार्षिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त अनुमान गरेको हो ।

हालै सार्वजनिक वार्षिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.४८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर २.७० प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान ११. ६७ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको खानी तथा उत्खनन् क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर १.८९ प्रतिशत रहने अनुमान रहेकोमा गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.६५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष यस्तो योगदान ०.६२ प्रतिशत रहने अनुमान छ ।

गत आर्थिक वर्ष बागमती प्रदेशको उत्पादनमूलक उद्योगको उत्पादन २.०९ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा ३.८२ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.९३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ४.९१ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्ष बागमती प्रदेशको विद्युत, ग्यास तथा वाष्प र वातानुकूलित आपूर्ति सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि १९.९५ प्रतिशतले बढ्ने अनुमान छ । वागमती प्रदेश सरकारले सार्वजनिक गरेको सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारको खर्च २५.६२ प्रतिशत भएकोमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत खर्च भएको छ । सो आवधिमा प्रदेश सरकारको आय ४४ अर्ब ५६ करोड ५३ लाख रहेको छ । बागमती प्रदेशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेका छन भने त्यहाँ वित्तीय पहुँचमा अभिवृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यस्तै, बागमती प्रदेशमा ९९.९७ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने ९२.३५ प्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुविधा पुगेको छ । वागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । युवा वर्गमा उद्यमशील सोचको विकास हुँदै गएको प्रदेश सरकारले जारी गरेको सर्वेक्षणमा उल्लेख छ ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?