Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

संसदलाई अवरुद्ध गर्नु जनताको अधिकार वन्धक बनाउनु होः काँग्रेस


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद अवरुद्ध गरिनु राम्रो नरहेको रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गरेका हुन् ।

उनले भने, ‘उहाँहरुले आफ्नो पार्टीको आफ्नो धारणाहरु राख्न पाइएला । यसमा हामीले केही भन्नु छैन । उहाँहरु पनि लगभग सहमतिमा आउनुभएको विषय थियो । उहाँहरुले टाइम तोकियोस् भन्नुभएको थियो । गृहमन्त्रीले पछि बोल्दा म ३० दिन भित्रमा कार्य प्रारम्भ गर्छु भन्नुभयो । टाइमफ्रेम पनि तोकिदिनुभयो । अब चाहियो के ? उहाँहरुले विशुद्ध रुपमा आफ्नो सभापतिसँग जे भयो त्यो आरोप गृहमन्त्रीमाथि लगाएर उहाँहरुले प्रतिशोध लिन खोज्नुभएको हो भन्ने बुझ्न गाह्रो भएन । यसमा अरु केही कुरा भएन ।’

प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसावले संसदलाई प्रयोग गर्न नमिल्ने संसदलाई अवरुद्ध गर्नु र वन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार वन्धक बनाउनु रहेको बताएका छन् । संसद आफ्नो नियमावलीअनुसार सञ्चालन हुने बताए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?