Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् ।

शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताए । उनले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताए । उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरुका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको बताए ।

सभामुख घिमिरेले भने , ‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ । जनमुखी बनाउनसक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् की निर्वाचन प्रणालीका दोषहरु हुन् । निर्वाचन प्रणालीका दोषहरु हुन् की निर्वाचन आचारसंहीतासँग गाँसिएका कुराहरु हुन् ? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरुको भुमिकाको समस्या हो की ? बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरुमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरु चलिरहँदाखेरी हाम्रो छलफल खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरुको बारेमा बढी विवेचना हुनुपर्छ । नेपालको सन्दर्भमा हामीले समावेशी बनाउने एउटा महत्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ । दुई वटा आवधिक निर्वाचन गरेर त्यसको परिणाम भोगिरहेका छाँै । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? यो नै आजको छलफलको विषय हो । ’

सभामुख घिमिरेले निार्वचन प्रणालीको बारेमा बहस र छलफल हुन आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?