Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् ।

शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताए । उनले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताए । उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरुका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको बताए ।

सभामुख घिमिरेले भने , ‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ । जनमुखी बनाउनसक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् की निर्वाचन प्रणालीका दोषहरु हुन् । निर्वाचन प्रणालीका दोषहरु हुन् की निर्वाचन आचारसंहीतासँग गाँसिएका कुराहरु हुन् ? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरुको भुमिकाको समस्या हो की ? बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरुमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरु चलिरहँदाखेरी हाम्रो छलफल खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरुको बारेमा बढी विवेचना हुनुपर्छ । नेपालको सन्दर्भमा हामीले समावेशी बनाउने एउटा महत्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ । दुई वटा आवधिक निर्वाचन गरेर त्यसको परिणाम भोगिरहेका छाँै । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? यो नै आजको छलफलको विषय हो । ’

सभामुख घिमिरेले निार्वचन प्रणालीको बारेमा बहस र छलफल हुन आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?