Trending
>>   साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं– प्रशिक्षक गुरुङ >>   कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर >>   प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै रास्वपा सांसदले दिएको अभिव्यक्ति निन्दनीयः एमाले >>   प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम… >>   प्रतिकुल मौसम र भौतिक पूर्वाधारको कमजोर अवस्थाका कारण १० औँ राष्ट्रिय खेलकुद स्थगित गर्नुपर्यो :… >>   जेटियुसिसीले असार २६ गते देशव्यापी प्रदर्शन गर्ने, आम हड्तालको चेतावनी >>   सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पुर्याउने गरी काम भइरहेको छः मन्त्री पन्त >>   उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नु सरकारको बाध्यताः मन्त्री भण्डारी >>   विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न अध्यक्ष दाहालको आग्रह >>   दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने
Logo
२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन


काठमाडौँ। द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो । समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुनेगरी गठन गरिएको जानकारी दिए । उनका अनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने भएको छ ।

सभापति खानले भने, ‘घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको पनि धारणा लिनुपर्ने कुराहरु भएको छ । घरेलु कामदारहरुको सम्बन्धमा तीन वटा उपसंसदीय गठन गरिएको छ । आज नै लिखित निर्णय आउँछ । उपसमितिको संयोजक चाँही बैठक बसेर तय गर्ने भएको छ ।’

समितिको शुक्रवारको बैठकले द्विपक्षीय श्रम सम्झौता भएको मुलुक युएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?