Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पुर्याउने गरी काम भइरहेको छः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पनि निजी विद्यालयको स्तरमा पुर्याउने गरी काम अघि बढाइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राज्यले यथेष्ठ लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरु बन्ने दाबी गरे । सरकारले उच्च शिक्षालाई पनि समयानुकुल बनाउन चाहेको बताए । निजी विद्यालयलाई पनि गुठीको मोडेलमा ल्याउन प्रयत्नरत रहेको बताए ।

मन्त्री पन्तले भने, ‘निजी स्कुलको स्तरमा हामीले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पुर्यायौँ । राज्यले त्यहाँ यथेष्ठ लगानी गर्नसक्यो भने अहिले नै हामीले उदाहरण देखेका छौँ । सामुदायिक र सार्वजनिक विद्यालय राम्रो हुँदा अभिभावकहरुले बोर्डिङमा भर्ना गरेका विद्यार्थी त्यहाँबाट झिकेर सार्वजनिक विद्यालयमा ल्याएका छन् । सरकारी विद्यालयमा ल्याएका छन् । सरकारले लिएको नीति के हो भने सरकारले तीन खम्बे अर्थनीति लिएको छ । जब हामी निजी क्षेत्रलाई शिक्षा क्षेत्रमा छुट दिने की नदिने भन्ने प्रश्न छ । सरकारले अहिले लिन खोजेको नीति निजी क्षेत्रमा चलेको स्कुल पनि सामुदायिक स्तरमा नगएपनि कमसेकम संस्थागत विद्यालयहरुलाई एउटा सहकारीको मोडेलमा, गुठीको मोडेलमा ल्याउनसकियोस् भन्ने प्रोत्साहनका लागि केही प्रावधान ल्याइएको छ ।’

मन्त्री पन्तले सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गर्नेगरी काम गरिरहेको पनि बताए ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?