Trending
>>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै रास्वपा सांसदले दिएको अभिव्यक्ति निन्दनीयः एमाले


काठमाडौँ। नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गरेका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे दिएको सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्नेगरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताए । उनले रास्वपा सांसदहरुलक्षित आफ्नै दलका नेताहरु जेलमा रहेको तथा मेनपावरमार्फत ठगी गरिरहेको आरोप समेत लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीको भ्रमण दलमा जम्मा २८ जना गएका रैछन् । त्यो नामावली प्रधानमन्त्रीको कार्यालयले समेत सार्वजनिक गरिसकेको छ । तीमध्ये को को फर्किएनन् ? त्यो कुरा उठाउने माननीयज्यूहरुले भन्नुपर्यो । ती सबैजना प्रधानमन्त्रीसँगै स्वदेश फर्किएको प्रधानमन्त्रीको कार्यालयले स्पष्ट पारिसक्यो । यस्तो अफवाहको कुरा फैल्याउने र प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्ने कुरा निन्दनीय छ । यो भत्र्सनायोग्य छ । र आफ्नो आङको भैंसी नदेख्ने अरुको आङमा जुम्रा खोज्दै हिड्ने प्रवृत्ति कतिपय मान्छेमा देखिन्छ । आफ्नै दलका नेताहरु ठगी काण्डमा छन्, जेलमा छन् । आफ्नै दलका नेताहरु मेनपावर चलाउँछन् र ठगी गर्दै विदेश पठाइरहेका छन् । दलाली गरिरहेका छन् । ती प्रश्नहरुको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीजस्तो संस्थालाई लाञ्छित गर्ने जुन काम उहाँहरु गर्नुभयो यो भत्र्सनायोग्य छ । नभए नफर्किएको सूचीहरुले दिनुपर्छ ।’

उनले प्रधानमन्त्रीको भ्रमण दलमा रहेको कुन सदस्य नफर्किएको हो प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?