Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै रास्वपा सांसदले दिएको अभिव्यक्ति निन्दनीयः एमाले


काठमाडौँ। नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गरेका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे दिएको सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्नेगरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताए । उनले रास्वपा सांसदहरुलक्षित आफ्नै दलका नेताहरु जेलमा रहेको तथा मेनपावरमार्फत ठगी गरिरहेको आरोप समेत लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीको भ्रमण दलमा जम्मा २८ जना गएका रैछन् । त्यो नामावली प्रधानमन्त्रीको कार्यालयले समेत सार्वजनिक गरिसकेको छ । तीमध्ये को को फर्किएनन् ? त्यो कुरा उठाउने माननीयज्यूहरुले भन्नुपर्यो । ती सबैजना प्रधानमन्त्रीसँगै स्वदेश फर्किएको प्रधानमन्त्रीको कार्यालयले स्पष्ट पारिसक्यो । यस्तो अफवाहको कुरा फैल्याउने र प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्ने कुरा निन्दनीय छ । यो भत्र्सनायोग्य छ । र आफ्नो आङको भैंसी नदेख्ने अरुको आङमा जुम्रा खोज्दै हिड्ने प्रवृत्ति कतिपय मान्छेमा देखिन्छ । आफ्नै दलका नेताहरु ठगी काण्डमा छन्, जेलमा छन् । आफ्नै दलका नेताहरु मेनपावर चलाउँछन् र ठगी गर्दै विदेश पठाइरहेका छन् । दलाली गरिरहेका छन् । ती प्रश्नहरुको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीजस्तो संस्थालाई लाञ्छित गर्ने जुन काम उहाँहरु गर्नुभयो यो भत्र्सनायोग्य छ । नभए नफर्किएको सूचीहरुले दिनुपर्छ ।’

उनले प्रधानमन्त्रीको भ्रमण दलमा रहेको कुन सदस्य नफर्किएको हो प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?