Trending
>>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनका अनुसार रोजगारीको हकसम्बन्धी नियमावली, २०७६ अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् । उनले सूचीकृत बेरोजगार नागरिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका रोजगारी कार्यक्रमा समेटिने कार्य भइरहेको बताए । उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि बताए । उनले रोजगारी दशकको सफल कार्यान्वयनका लागि नीति, रणनीति र कार्यक्रम समेत तय भइसकेको बताए ।

उनले भने, ‘न्यूनतम रोजगार चाहाने बेरोजगार व्यक्तिले प्रत्येक वर्षको फागुन महिनामा अगाी आर्थिक वर्षको लागि सूचीमा सूचीकृत हुन निवेदन दिनुपर्ने रोजगारीको हकसम्बन्धी नियमावली २०७६ को प्रावधानअनुरुप आर्थिक वर्ष २०८१÷८२ का लागि ७ लाख ९७ हजार ७ सय २५ जना र आर्थिक वर्ष २०८२÷८३को लागि ७ लाख ४५ हजार ४ सय ३५ जना सुचीकृत भएका छन् । यस्ता सूचीकृत भएका व्यत्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम एवं अन्य स्थानीय तहमा हुने कार्यक्रममार्फत परिचालन हुने रोजगारीमा समाहित गरी रोजगारीको अवसर प्रदान गरिँदै आएको छ । साथै आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने ध्येयका साथ अगामी दशलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा मनाउने समेत सरकारले घोषणा गरी कार्यन्वयनको लागि आवश्यक नीति, रणनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता साथ राष्ट्रिय तथा रोजगार सम्मेलनबाट १६ बुँदे घोषणा तय गरेको छ ।’

उनले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमता अनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?