Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने


काठमाडौँ। वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्ने बताएका छन् ।

मंगलवार धुलिखेलमा सम्पन्न वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ पछि उनले यस्तो बताएका हुन् । यद्यपि रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन । चिलिमे क्षेत्रमा गएको बाढीमा १८ जना बेपत्ता भएका छन् । जसमा सुरक्षाकर्मी समेत छन् । खोला थुनिएको अवस्था पनि देखिएको समितिको प्रारम्भिक रिपोर्टले जनाएको छ । गोष्ठी समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तत्काल प्रदेश विपद् कोषमा रकम पठाएर पुनःस्थापना र पुनःनिर्माणमा केन्द्र सरकारले जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने बताए । प्रदेश सरकार आफैँले सिमित स्रोतसाधनमै उद्धार प्रयास गरिरहेको उनको भनाइ छ । दीर्घकालीन पुनर्निर्माणका लागि केन्द्रको सक्रियता अपरिहार्य रहेको बताए ।

गोष्ठीमा सुरक्षा निकायका केन्द्रिय प्रमुखहरू, विपद् जोखिम न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?