Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने


काठमाडौँ। वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्ने बताएका छन् ।

मंगलवार धुलिखेलमा सम्पन्न वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ पछि उनले यस्तो बताएका हुन् । यद्यपि रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन । चिलिमे क्षेत्रमा गएको बाढीमा १८ जना बेपत्ता भएका छन् । जसमा सुरक्षाकर्मी समेत छन् । खोला थुनिएको अवस्था पनि देखिएको समितिको प्रारम्भिक रिपोर्टले जनाएको छ । गोष्ठी समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तत्काल प्रदेश विपद् कोषमा रकम पठाएर पुनःस्थापना र पुनःनिर्माणमा केन्द्र सरकारले जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने बताए । प्रदेश सरकार आफैँले सिमित स्रोतसाधनमै उद्धार प्रयास गरिरहेको उनको भनाइ छ । दीर्घकालीन पुनर्निर्माणका लागि केन्द्रको सक्रियता अपरिहार्य रहेको बताए ।

गोष्ठीमा सुरक्षा निकायका केन्द्रिय प्रमुखहरू, विपद् जोखिम न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?