Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न अध्यक्ष दाहालको आग्रह


काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, जलवायु परिवर्तन, महामारी लगायत अन्य प्राकृतिक र मानव निर्मित विपद्को अत्यन्त संवेदनशील मुलुकको रुपमा रहेको बताए । हाल मुलुकमा यो वर्षाको मनसुन प्रवेश गरी सक्रिय भइरहँदा यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरु आउन थालेको बताए । आजमात्रै रसुवा जिल्ला लगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचारहरु आइरहेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

अध्यक्ष दाहालले भने, ‘नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, जलवायु परिवर्तन, महामारी लगायत अन्य प्राकृतिक र मानव निर्मित विपद्को अत्यन्त संवेदनशील मुलुकको रुपमा रहेको व्यहोरा हामी सबैलाई अवगत नै छ । हाल मुलुकमा यो वर्षाको मनसुन प्रवेश गरी सक्रिय भइरहँदा यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरु आउन थालेका छन् । आजमात्रै रसुवा जिल्ला लगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचारहरु आइरहेका छन् । यसले हामी सबैलाई दुःखी र गम्भीर बनाएको छ । घटना प्रभावित क्षेत्रमा राज्यका संवद्ध निकाय र जिम्मेवार पक्षले उपस्थिति जनाइ बेपत्ता व्यक्तिहरुको खोजि गर्न, उद्धार कार्यमा तिब्रता दिन राहत पुनःस्थापना, पुनःनिर्माण र क्षतिप्रतिको तत्काल कार्ययोजना बनाइ कार्यान्वयन गर्न विशेष आग्रह गर्दछु ।’

अध्यक्ष दाहालले घटना प्रभावित क्षेत्रमा राज्यका संवद्ध निकाय र जिम्मेवार पक्षले उपस्थिति जनाइ बेपत्ता व्यक्तिहरुको खोजि गर्न, उद्धार कार्यमा तिब्रता दिन राहत पुनःस्थापना, पुनःनिर्माण र क्षतिप्रतिको तत्काल कार्ययोजना बनाइ कार्यान्वयन गर्न आग्रह गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?