Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रतिकुल मौसम र भौतिक पूर्वाधारको कमजोर अवस्थाका कारण १० औँ राष्ट्रिय खेलकुद स्थगित गर्नुपर्यो : मन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरोकारवालाहरू बाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताए । उनले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता सञ्चालन गरिने बताए ।

उनले भने, ‘गण्डकी प्रदेशको सुर्खेत र अन्य ठाउँमा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति र खेल सञ्चालन गर्न उपयुक्त मौसम नभयो भने सम्बन्धी सरोकारवालाहरुसँग दिएको सुझाव एवं जानकारी समेतलाई दृष्टिगत गरी हाल १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको छ । हामीले उक्त प्रतियोगिताको लागि अगामी आर्थिक वर्षको लागि बजेट समेत छुट्याएको हुनाले अगामी वर्षमा हुन्छ ।’

देशभरका विभिाँ क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि समेत सरकार गम्भिर भएको बताए । उनले खेलको वृहत्तर विकासका लागि भौति पूर्वाधार निर्माण, खेलाडिलाई प्रशिक्षण लगायतका लागि अगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको समेत उल्लेख गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?