Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रतिकुल मौसम र भौतिक पूर्वाधारको कमजोर अवस्थाका कारण १० औँ राष्ट्रिय खेलकुद स्थगित गर्नुपर्यो : मन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरोकारवालाहरू बाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताए । उनले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता सञ्चालन गरिने बताए ।

उनले भने, ‘गण्डकी प्रदेशको सुर्खेत र अन्य ठाउँमा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति र खेल सञ्चालन गर्न उपयुक्त मौसम नभयो भने सम्बन्धी सरोकारवालाहरुसँग दिएको सुझाव एवं जानकारी समेतलाई दृष्टिगत गरी हाल १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको छ । हामीले उक्त प्रतियोगिताको लागि अगामी आर्थिक वर्षको लागि बजेट समेत छुट्याएको हुनाले अगामी वर्षमा हुन्छ ।’

देशभरका विभिाँ क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि समेत सरकार गम्भिर भएको बताए । उनले खेलको वृहत्तर विकासका लागि भौति पूर्वाधार निर्माण, खेलाडिलाई प्रशिक्षण लगायतका लागि अगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको समेत उल्लेख गरे ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?