Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नु सरकारको बाध्यताः मन्त्री भण्डारी


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नुपर्ने सरकारको बाध्यता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको माग तीव्र गतिमा बढेको भएपनि घरेलु उत्पादनले त्यसलाई धान्न सक्ने अवस्था नरहेको बताए । उनले छोटो अवधिमा राजस्व संकलनका लागि समेत आयात खुला राख्नु सरकारको बाध्यता भएको बताए ।

उनले भने, ‘कमजोर अर्थतन्त्र हुँदाहुँदै पनि उपभोग्य र विलासी वस्तुको आयातमा वृद्धि हुनुका कारणहरु नेपालमा जनसंख्या वृद्धि, शहरीकरण, आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको आवश्यकता पनि बढ्दै जान्छ । घरेलु उत्पादनले माग धान्न नसक्दा आयात निर्भरता बढेको छ । साथै उपभोग्य र विलासी वस्तुहरुको आयातले भन्सार राजश्वमा उलेख्य योगदान पुर्याएको छ । जसले सरकारलाई छोटो समयमा राजश्व संकलनका लागि आायत खुला राख्न प्रेरित राख्दछ ।’

उनले उपभोग्य र विलासी वस्तुको आयात बढ्दा सोधनान्तर घाटा बढिरहेको बताए । उनले नेपालमा निर्यातभन्दा आयात धेरै भएको कारण व्यापार घाटा र शोधनान्तर घाटा दुवै बढिरहेको बताए ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?