Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताए । उनले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको बताए । त्यसका लागि कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव नरहेको जिकिर गरे । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘हाम्रो अहिलेको संकट भनेको पठनपाठनको संकट होइन, सिकाईको संकट हो । यो विधेयकबाट कानून बनिसकेपछि अब हाम्रो अपेक्षा शिक्षा विकासको दशक हो । हामी नेपालीहरु लो इन्कमबाट माथि उठिसकेको छैनौँ । त्यसका निम्ति हाम्रो कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव छैन । त्यो परिवर्तनको संवाहक शिक्षक साथीहरु हो । यो कानून बनिसकेपछि हाम्रो शिक्षक संघको नेतृत्वमा देशभर शिक्षक पेशामा लागेका साथीहरुले एउटा नयाँ जोशका साथमा हाम्रो विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्छ । र नयाँ एउटा क्रान्तिको तपाईंहरुले नेतृत्व गर्नुपर्छ । हाम्रो विधान संशोधन गर्दैगर्दा फरक फरक क्षेत्र, पेशा, व्यवसायका साथीहरुलाई नेपाली काँग्रेस पार्टीभित्र आफ्नो अनुभव लिएर आउने कुरामा प्रेरित गर्न चाहन्छौँ ।’

महामन्त्री थापाले अहिले राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?